प्रचण्डलाई फेसबुकबाट गाली गर्ने पत्रकार पक्राउ

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रचण्डलाई फेसबुकमा अशिष्ट र अमर्यादित गाली गरेको विषयमा उजुरी परेपछि पत्रकार दीपक पाठकलाई आज विहान प्रहरीले घरबाटै पक्राउ गरेको हो । रेडियो नेपालको बोर्ड सदस्य समेत रहेका पाठकलाई साइबर क्राइमको अभियोग लगाइएको छ ।