इटालीमा२७ हजार ६८२ मृत्यु, २ लाख भन्दा बढी संक्रमित

काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।