वडाअध्यक्ष माथिको कुटपिट, गाउँपालिकाद्वारा घोर भत्र्सना

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिटगरेको भन्दै गाउँपालिकाले घोर भत्र्सना गरेको छ । बुधबार उपभोक्ता समितिको कामकोबारे बिबाद बढेपछि स्थानिय उमेश न्यौपाने लगायतको समुहले कुटपिट गरेको भन्दै गाउँपालिकाले भत्र्सना गरेको हो ।

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालद्धार जारी बिज्ञप्तिमा भनिएको छ । गुण्डागर्दीको शैलीमा राजनितिक प्रतिसोध साटने हिसाबले गरिएको कुटपिट निन्दनीय छ । यसको जति भत्र्सना गरेपनि कमै हुन्छ । बिज्ञप्तिमा सेजुवालले गाउँपाकिाका पाका,इमान्दार ब्यक्तित्वमाथिको आक्रमणले गम्भिर बनाएको बताइएको छ ।

अध्यक्ष सेजुवालले अपराधिक मानसिकता भएका अराजक समूहले न्यौपानेमाथि गरिएको आक्रमण निन्दनिय भएको बताएका छन । उनले हातपात गर्नेलाई कानुनी दायरामा ल्याउने दोषीमाथि कारबाहि हुने समेत जानकारी दिएका छन ।