बाँकेमा लकडाउन उलङ्घन गर्ने ३७ जना प्रहरीको फन्दामा

नेपालगन्ज, बाँकेमा लकडाउन उलङ्घन गर्ने ३७ जना  प्रहरीको फन्दामा परेका छन । बुधबार बाँकेकाे बिभिन्न ठाउँबाट  लकडाउन उलङ्घन गर्ने ३७ जना  प्रहरीको फन्दामा परेका हुन । 

अनाबश्यक घुमघाम  गरेको भन्दै प्रहरीले नेपालगन्जबाट ३७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनिहरुलाई आवश्यक कारवाही गरी छाडीएको बताएकाे छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन नेपाल सरकारले देशभर लकडाउन लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्जका विभिन्न स्थानहरुमा अनावश्यक रुपमा समूह बनाएर हिड्डुल गरिरहेका ब्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउनको उलङ्घन गरी गुडाइएका २१ वटा दुईपाँग्रे गाडीको चावी समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।