कालिकोटमा काँग्रेसका कार्यकताद्धारा वडाअध्यक्षमाथि कुटपिट

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिट गरेका छन  । बुधबार उपभोक्ता समितिको  बिबाद बढेपछि काँग्रेशका स्थानिय कार्यकर्ताहरुको समुहले कुटपिट गरेको अध्यक्ष न्यौपानले बताएका हुन ।

स्थानिय कार्यकर्ता  पारस न्यौपाने , उमेश, तिलक, जनक र कमल न्यौपाने रहेको बताएको छ ।  वडा कार्यालय सहयोगीलाई पिट्न खोज्दा वडा अध्यक्ष छुटाउन जाँदा अध्क्षमाथि हातपात भएको अध्यक्ष न्याैपाने  बताए  ।  

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुव्र्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन अध्यक्ष सेजुवालले यस्तो कार्यले जनप्रतिनिधिको कार्यसम्पादनमा गम्भीर असर पर्न गई सेवा प्रवाह नै प्रत्यक्ष प्रभाव पर्ने समेत बताएका छन । 

अध्यक्ष सेजुवालले अपराधिक मानसिकता भएका अराजक समूहले न्यौपानेमाथि गरिएको आक्रमण निन्दनिय भएको बताएका छन । उनले हातपात  गर्नेलाई कानुनी दायरामा ल्याउने  दोषीमाथि कारबाहि हुने समेत जानकारी दिएका छन ।