जंगली चित्तल मारेको आरोपमा दुई जना पक्राउ

 भालुवाङ,  जंगली जनावर चित्तल मारेको आरोपमा देउखुरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र सोही ठाउँका मानसिंङ ओली रहेका छन् ।

मंगलबार बेलुका तिर पानी खान रिहारको तलाउमा आएको बेला ढुङा र भट्टाले हानेर जंगली चित्तल मारेको भन्दै उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रबीण बिडारीले बताए । रिहारमा जंगली जनावर चित्तल मारेको भन्ने सूचनाको आधारमा पुगेको कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

“वन जङलमा आगजनी नगरौ,जंगली जनावरलाई हानी नोक्सानी हुने काम नगरौ,चोरी तस्करी नगरौ, जस्ता नाराहरु हामीले बारम्बार प्रशारण गरिरहेका छौ”, उनले भने “ तर पनि आम उपभोक्ताले अटेर गरेर गलत काम गर्नु हुन्छ ।” वन कार्यालयलाई थाहै नदिएर बदमासी गर्छौ भन्ने कसैलाई लागेको छ भने त्यस्तो भ्रममा नपर्न समेत उनले आग्रह गरेका छन ।