बिद्यार्थी, बिरामी र मजदुरलाई मुडकेचुला गाउँपालिकाले ५ हजार दिने

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर रहेका बिध्यार्थी ,बिरामी त मजदुरहरुका लागि ५ हजार सहयाेग गर्ने घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नगरपालिकाका  नागरीकहरुका लागि ५ हजार राहतको प्याकेज घोषणा गरेको हो ।

काम बिशेष या मजबुरी गर्न पढन,वा बिरामी भएर बाहिर रहेर लकडाउनको बेला अलपत्र परेकाहरुलाई बिशेष राहत प्याकेज घोषणा गरेको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।

पालिकाले राहतका लागि नागरिकताको प्रतिलिपी वा परिचय पत्रको प्रतिलिपी र खाता नं सहित निबेदन यस गाउपालिकामा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।