कोहलपुरका उच्च शिक्षा प्रदायक संस्थाहरुको अवस्था

बांके जिल्लाको दोस्रो विकसित शहरका रुपमा विकसित हुदै गईरहेको कोहलपुर सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, छिमेकी मुलुक भारत तथा प्रदेश पांचको प्रवेश द्दार तथा केन्द्र्रविन्दुका रुरुपमा रहेको छ । यो शहर विकासोन्मुख सहरका रुपमा अगाडी बढिरहेको छ । यसको पुर्वमा राप्तीसोनारी गाउंपालिमा, पश्चिममा बैजनाथ गाउंपालिका, उत्तरमा नेपालगञ्ज उपमहानगरपालिका र दक्षिणमा सल्यान एवम् सुर्खेत जिल्ला जोडीएका छन् ।

यहां पहाडीहरुको जनसंख्या धेरै रहेको छ यीनीहरु धेरैजसो दशवर्षे द्दन्दकालीन समयमा झरेका थिए । थारु यस ठाउंका स्थायी बासिन्दा हुन तर कतिपय थारु समुदाय भने दाङ्ग, कैलाली, र्बिदया र कञ्चनपुर लगाएतका जिल्लाबाट समेत आएको तथ्याङ्क छ । विभिन्न जातिहरु ब्रहामण,क्षेत्री, ठकुरी, दलित, विभिन्न जनजाति तथा धर्म लम्बिका मानिसहरुको बसोबास छ । द्दन्द्दकालिन समयमा रुकुम, सल्यान, जाजरकोट, रोल्पा, मुगु कालिकोट, हुम्ला, जुम्ला, दैलेख, सुर्खेत लगायत अन्ने जिल्लाबाट मानिसहरु सुरक्षित बसोबासको लागि आएको पाईन्छ ।

कोहलपुरमा उच्च शिक्षाको हकमा चर्चा गर्ने हो भने वि सं २०४८ सालमा स्थापीत वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर हो । यो क्याम्पस स्थापनकालमा प्राइभेटका रुपमा स्थापीत भएतापनि केहि समयपछि सामुदायिक क्याम्पसका रुपमा स्थापीत भएको हो । विभिन्न समयमा विभिन्न संकाय तथा तहको पठनपाठन गर्दै आम गरिब, विपन्न तथा हरेक खालका अभिभावकका छाराछोरीलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ । यस क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्मको पढाई चलिरहेको छ । स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न संकायमा विभिन्न विषयको पठनपाठन भैरहेको छ ।

उच्च शिक्षा प्रदान गर्ने धरोहरका रुपमा रहेको यो संस्था वि. सं २०७५ सालमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापीत भएको हो । कोहलपुर बासी र स्थानीय निकाएको लागि यो निकै ठूलो अवसर हो । यस संस्थामा कक्षा ११ देखि स्नातकोत्तर तह सम्म १३५० बढि विद्यार्थीले अध्ययन गरिरहेको पाईन्छ । हालको समयमा पनि यसले निकै सस्तो शुल्कमा उच्च शिक्षा प्रदान गरिरहेको छ ।

एम. वि. वि. एस अध्ययन गराउने अर्काे ठूलो संस्था हो कोहलपुर मेडिकल कलेज कोहलपुर हो । यहां नेपाल, भारत तथा बंगालादेशका विद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गरिरहेका छन् । जुन संस्था काठमान्डौं विश्वविद्यालयको सम्बन्धन बाट सन्चालित छ । कोहलपुरमा स्नातकोत्तर तह सम्म पढाई हुने अर्काे संस्था हो कोहलपुर मोडेल कलेज जहां व्यवस्थापन संकायमात्र पठनपाठन हुने गर्दछ । स्नातक देखि स्नातकोत्तर तह सम्मको शिक्षा प्रदान गर्देै आइको छ । जहां ८१५ भन्दा धेरै विद्यार्थीहरुले हाल अध्ययन गरेका छन् । कोहलपुरको हकमा उच्च शिक्षा प्रदान गर्ने यो अर्काे शैक्षिक संस्था हो । ( स्रोत.काफ्ले, पदमराज )

कोहलपुरमा स्नातक तहमा बी एड तथा वी. वी. एस का तहहरुमा उच्च शिक्षा प्रदान गर्दै आईरहेको न्यू बागेश्वरी एकेडेमी कलेज हो । जहां हाल ५३० बढि विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ( स्रोतस् अधिकारी, भुल)

कोहलपुरमा स्नातक तह तहमा शिक्षाशास्त्र संकाय सन्चालन गरि उच्च शिक्षा प्रदान गर्दै आईरहेको संस्था हो डाईनामिक कलेज कोहलपुर जहां कक्षा ११ र १२ पनि सन्चालन छ । यस कलेजमा अन्दाजी १९५ बढि विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ( स्रोतस् सुवेदि, रविन्द्र)
यस भन्दा अगाडी कोहलपुरमा रामजानकी कलेज कोहलपुर थियो । यो कलेज पछि ज्ञानमैत्री कलेजका रुपमा स्थापीत थियो । हाल यो कलेज कोहलपुरमा छैन । त्यस्तैगरि निम्बल कलेज कोहलपुर थियो । हाल यो कलेज पनि कोहलपुरमा स्थापीत छैन ।

वागेश्वरी बहुमुखी क्याम्पस बाहेक अन्ने सबै कलेजहरु त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पस हुन् । यस बाहेक सरकारी र प्राईभेट विद्यालयमा कक्षा ११र १२ सन्चालनमा छन् । कोहपुरमा यति धेरै शैक्षिक संस्थाहरुले उच्च शिक्षा प्रदान गर्नु भनेको वास्तवमा स्थानीय सरकारलाई निकै राम्रो अवसर हो । हुन त उच्च शिक्षा स्थनीय सरकारको मातहतमा नभई संघिय सरकारको मातहतमा रहेता पनि यस्ता संस्थाको स्थापनाले स्थानीय स्तरमा विविध फाईदा हुने कुरामा दुईमत रहदैन ।

जव उच्च शिक्षा प्रदान गर्ने निकाएको बृद्दि हुन्छ तब त्यस ठाउंमा मानिसहरुको आवत जावत हुने, व्यापार व्यावसायमा बृद्दि हुने, अन्ने ठाउंका आम विद्यार्थीहरु अध्ययनका लागि समेत आउने संम्भावन रहन्छ । घरहरुभाडामा जाने समेत हुन्छ । हाल कोहलपुरमा आकर्षक भनेको नै बागेश्वरी क्याम्पस, कोहलपुर मेडीकल कलेज शिक्षण अस्पताल कोहलपुर, शितभन्डार कोहलपुर, भ्यूटावर रोहिनीखोला कोहलपुर, यातायातको टयल हुने ठाउं तेह्विगाह कोहलपुर रराष्टिय परीक्षा बोर्ड कोहलपुर लगायतका संस्थाहरु रहेको पाईन्छ । यहांका उच्च शिक्षा प्रदान गर्ने निकाएको सम्बन्धमा स्थानीय सरकारलेखासै सोचेजस्तो चासो बढाएको पाईदैछ । तर आवश्यकता परेको खन्डमा भने उच्च जनशक्तिको प्रयोग भने गरेका उदाहरण भने पाईन्छ ।

कोहलपुर यस्तो ठाउं हो जहां अवसर र चुनौति धेरै भएको ठाउं हो । किनकि यो देशकै मुटुमा अवस्थीत छ । संगसंगै छिमेकी मुुलुक भारतका आम मानिस लगायत विद्यार्थीहरु यहां आउने संम्भावनन उतिकै छ । यो ठाउंलाई व्यवस्थित रुपमा संन्चालन, विकास, तथा सहि निकास दिएर आकर्षक बनाउने हो भने थुपै्र अवसरहरु बोकेको छ कोहलपुरले ।

तर बिडम्बन यहां सन्चालनमा आएका केहि कार्यालयहरु बुटवलमा लिंदा नि यहां नेतृत्व गर्नेहरु लाई खासै वास्ता नभएको भने देखिन्छ । यो भनिरहदा केहि नेताहरुले आपति जनाउन सक्दछन तर यो वास्तविकता भने हो । यसबाट आम नेतृत्व गर्नेहरुले आउने दिनमा पाठ सिक्न आवश्यक छ । कोहलपुरलाई हामीले जति छिटो विकास गर्दछौ त्यति नै यहांका मानिसको उन्नति, प्रगति र स्तरउन्नति हुने कुरामा कसैको फरक मत रहदैन ।

हिजोको कोहलपुर र आजको कोहलपुर अनि भोलिको कोहलपुरको भविश्यवानीलाई नियाल्दा धेरै फरक थियो, छ र हुनेछ । हिजो एकलेन बाटो हुदा कस्तो थियो कोहलपुर आज फोरलेन बाटो हुदा कति कति विकसित हुदै गएको छ । अझै पनि कोहलपुर चौराहलाई आकर्षक बनाउने, व्यवस्थित बनाउने र विकसित चौराह निर्माण गनृे हो भने हामी नेपालका अन्ने स्थानीय निकाय भन्दा दुई गुणा अगाडी बढ्न सक्दछौं । यसका लागी कोहलपुर नगरपालीकाले दुरदर्शी नीति ल्याउनु आवश्यक छ । यसरी अर्काको मुख ताक्न छोडेर आफनो व्यवस्था आफैले गर्दा नै उत्तम होला मेरो सुझाव छ ।

अवका दिनमा कोहलपुर नगरपालीकाले २०७६ मा गरेको कोहलपुर क्षेत्रको शैक्षिक गुणस्त समितिले प्रदान गरेका ९० बढि सुझावलाई तत्काल अल्पकालिन र दिर्घकालिन रुपमा वर्गिकरण गरेर प्रत्येक विद्यालय तहलाईफरक फरक खालको प्राविधिक धारका कार्यक्रमहरु प्रदान गर्नुआवश्यक छ । यो कुरामा स्थानीय सरकारको ध्यान तत्काल २०७७ र ०७८ को बजेटमा समावेश गरोस । हामीले जबसम्म शैक्षिक नीतिमा आमुल परिवर्तन लइाउन सक्दैनौ तब सम्म अगाडी बढन सक्ने अवस्थामा रहदैनौं ।

हामीमा आवश्यक र सहि सोच हुनु जरुरी छ । कोहलपुरमा के असम्भव छ र सबै संम्भव छ । स्थानीय सरकारले चाहेको खन्डमा के नहोला र तर त्यसका लागी ईच्छाशक्तिको मात्र आश्यकता छ । दुरदर्शीताको आवश्यकता छ । दिर्घकालिन नीतिको आवश्यकता छ । आम मानिसको चाहना यही छ र हुने छ ।

भोलिका दिनमा उच्च शिक्षा प्रदान गर्ने संस्थाको जिम्मेवारी संघीय सरकारको भएता पनि यसै यस्तै आधार तथा प्रमाणमा आधारीत भएर आउने शिक्षा नीति कोहलपुर नगरपालीकाले तयार गरोस र कोहलपुरमा उच्च शिक्षा प्रदायक संस्थाप्रति यसको गहन जिम्मेवारी बढोस हार्दिक शुभकामना छ । लेखक मध्यपश्चिमाञ्ल विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके, पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण समिति प्रमुख हुनुहुन्छ ।