नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्‍ने

काठमाडौं, सत्तारुढ पार्टी नेकपाभित्रको जारी विवादबारे निर्णायक हुने भनिएको सो पार्टीको सचिवालय बैठक सकिएको छ। अर्काे बैठक बैशाख २० गते बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘शनिबार बस्ने सचिवालय बैठकले नै स्थायी समिति बैठकको मिति तोक्नेछ। यो बीचमा नेताहरुबीच छलफल जारी रहनेछ,’ श्रेष्ठले सञ्चारकर्मीसँग भने।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थबाट नेताहरु भर्खर बाहिरिँदै गरेका प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ। बैठक साढे तीन घण्टा चलेकाे थियाे।