इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३५९ पुग्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु  हुनेकाे संख्या २७ हजार ३५९ पुगेको छ ।   एकै दिन ३८२ जनाको मृत्यु भएको छ ।

भने  पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १ हजार ५०५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ६८ हजार ९४१ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ५ हजार २०५ जनामध्ये १ हजार ८६३ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।