कोरोनाबाट अमेरिकामा ५९ हजार २२५ को मृत्यु

काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो  ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४१ हजार ९०७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ३४ हजार १०८ जनामध्ये १५ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।