एकैदिन तीन जना व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ५७

काठमाडौं,  बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। 

तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको श्रोतले जनाएको छ । संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।