जाहेरीको बिषयमा अनेरास्ववियूमा लफडा, नेता भण्डारीको कडा टिप्पणी

संगठन कसैकोे बाउको बिर्ता हैन

काठमाडाैँ, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई लगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरीका बिषयलाइ लिएर सत्तारूढ दलकाे भातृ संगठन अनेरास्वीयु भित्र लफडा सुरु भएको छ ।

संगठनका निति बिपरीत कसैको ब्यक्तिगत मुदा दर्ता गर्न संगठन जान नुहने भन्दै युवा नेता अनेरास्ववियूका नेता तिलकराज भण्डारीले कडा टिप्पणी गरेका छन । उनले संगठन कसैको बाउको बिर्ता नभएको भन्दै नेतृत्वलाई सामुहिकक निर्णण् गरेर धारण बनाउन सुझाएका छन । नेता भण्डरीले भनेका छन ।

संगठन कसैका बाऊको विर्ता होइन  संगठनको निर्णय र नीति विपरित कसैका व्यक्तिगत मामलामा मुद्धा दर्ता गर्ने र सार्वजनिक मिडिया बहिस्कार गर्ने जस्ता विषयसंग संगठनको नाम जोडेर गरिने गतिविधि संगठनात्मक अराजकताको पराकाष्ट हो ।

भण्डारीले यस्ता बिषयमा संगठनमा सामुहिक छलफल गरेर धारण बनाउनु पर्ने बताए छन ।  

नेता डा. बाबुराम भट्टराई लगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दिन नेकपाका युवा विद्यार्थीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए  ।

डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विध्दुतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए । अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल लगायतका नेताहरु पनि सरकारी वकिलको कार्यालय पुगेका थिए  ।

यहि बिषयलाइ लिएर सह संयाेजक रन्जित तामाङले पनि संगठनकाे निति बिपरित जान कसैलाइ छुट नभएकाे बताएका छन । 

यस्तो नेता भण्डारीको स्टाटस