उपाध्यक्ष रोकायमाथि भएको हातपातबारे गाउँपालिका महासंघको गम्भिर ध्यानाकर्षण

जनप्रतिनिधिमाथीको आत्मसम्मानमा चोट पुर्याएको दावी

जुम्ला, जुम्लाकाे हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायामाथी भएको हातपातबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । गत १२ गते गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले हातपातसंगै अभद्र ब्यवहार गरेको प्रति गाउँपालिका महासंघले गम्भिर ध्यानकर्षण भएको बताएको हो ।

मंगबार एक बिज्ञप्ति जारी गर्दै गाउँपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले यो घटनाले जनप्रतिनिधिको सुरक्षा रआत्मसम्मानमाथि गम्भिर चोट पुर्याएको बताएका छन । अध्यक्ष सेनले उक्त अमानबिय कार्यको घोर भत्र्सना गर्दै दोषीमाथी कडा कारबाहि गर्न माग समेत गरेका छन ।

 वैशाख १२ गते उपाध्यक्ष हिमाली राेकायामाथि गाउँपालिकाको वैठकमा  हातपात भएको बताइएकाे छ ।  उपाध्यक्ष रोकायाले सार्वजनिक स्थानमा आफूमाथि हिँसा भएको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा वैशमख १५ गते जाहेरी दर्ता गरेकी छन्।