भट्टराईविरुद्ध उजुरी दर्ता गर्न अनेरास्ववियूका नेता सरकारी वकिल कार्यालयमा

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराई लगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दिन नेकपाका युवा विद्यार्थीहरु सरकारी वकिलको कार्यालय पुगेका छन् ।

डा. बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विध्दुतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी लिएर पुगेका हुन् ।

उनीहरुसँगै अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल लगायतका नेताहरु पनि सरकारी वकिलको कार्यालय पुगेका छन् ।