बुधबार नेकपाको सचिवालय बैठक

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो। सोही भेटपछि भोलि साँझ पाँच बजे सचिवालय बैठक डाकिएको नेकपा स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ।

उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन्।प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको बताएका छन्।