कोरोना भाइरसको ‘रेडजोन’ मा ३०४ जना, देखिएनन् नयाँ संक्रमित

साढे ५३ हजारको परीक्षण

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोरोना भाइरसका नयाँ संक्रमित कोही नेभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म ५२ जना संक्रमित रहेको १६ जना उपचारपछि निको भएर फर्किसकेका जानकारी दिएको छ । नेपालमा हालसम्म ५३ हजार ५३४ जनाको कोरोना परीक्षण भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

परीक्षण भएकामध्ये पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको स्वास्थ्य परीक्षण गरिएको देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा दुई हजार १८४ जनाको परीक्षण गरिएको उनले बताएका छन् । हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ ।

यसबीच क्वारेन्टाइन २० हजार १९५ रहेका र आइसोलेसनमा रहेकाको संख्या १०६ रहेको छ । रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या हमठ जना थप गरी ३०४ पुगेको डा. देवकोटाले जनाएका छन् । प्रदेश–१ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि एक सय बेड सञ्चालनमा ल्याएको छ ।

यस्तै पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्देशिका जारी पनि जारी गरेको छ । जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ । यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि बैसाख २५ गतेसम्मका लागि लकडाउन थप गरेको छ ।