धोकेबाजलाई जिताई पठायौं सरकारमा…
प्रकासित मिति : २०७७ बैशाख १४, आइतवार
प्रकासित समय : [nepaliTime]

पीडा लुकाएका छौं अर्कैको संसारमा
धोकेबाजलाई जिताइ पठायौं सरकारमा ।
जो बेइमान थियो उसैलाई विश्वास गरियो
र पछुताउनु परेकोछ फैसला गरेर हतारमा ।
कोहि भोट दिएर सिमला गए कोहि बम्वई
सरकारले राहदानी दिएर पठायो कतारमा ।
चुनाव ताका गरिव बस्ति लंका बनाउछु भन्यो
जनता उहि झुपडीमा छन् उ पुगयो दरबारमा ।
शिवालय ७ जाजरकोट हाल दोहा कतार

