बेलायतमा कोरोनाबाट मर्नेको संख्या २० हजार ३ सय १९ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख १४, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ। विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो।
वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको छ। शुक्रबार मात्रै त्यहाँ ८१३ जनाको ज्यान गएको थियो ।
बेलायतमा कोरोनाका कारण बिरामी हुनेको संख्या एक लाख ४८ हजार ३ सय छ। त्यहाँ एकदिनमै करिब साढे ४ हजार नयाँ बिरामी भेटिएका छन्। बेलायतमा नेपाली मात्रै ३० जनाको ज्यान गइसकेको छ।

