थप एकजनामा भेटियो कोरोना, संक्रमितको संख्या पुग्यो ५२

काठमाडौं, झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्।

अस्पतालको सम्पर्कमा रहेका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए। योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना भने उपचारपछि घर फर्किएका छन्।

३५ जना संक्रमितमध्ये ३० जनाकाे विराटनगरमा, ३ जनाकाे वीरगन्जमा, एकजनाकाे भरतपुरमा र एकजनाकाे धनगढीमा उपचार भइरहेकाे छ। उपचार गराइरहेका सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।