नेपालगन्ज भेरी अस्पताललाई स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्त्ररण

नेपालगन्ज,बाँके भेरी अस्पताल नेपालगन्जलाई एक थान स्वचालित स्यानिटाइजिङ्ग टनेल हस्तान्तरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुको संस्था प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) ५ नम्बर प्रदेश समितिले बिहिवार हस्तान्त्ररण गरेकाे हाे ।

पिनका केन्द्रिय सचिवालय सदस्य बिजय बिष्ट, केन्द्रिय सदस्य बलराम पौडेल, ५ नम्बर प्रदेश अध्यक्ष जीवन अर्याल, प्रदेश सचिवालय सदस्य खुमलाल बिसी लगायतको उपस्थितिमा नेकपा बाँके अध्यक्ष तथा प्रदेश सांसद आइपी खरेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापालाई टनेल हस्तान्तरण गरेका हुन ।

 ५ नम्बर प्रदेश अन्तरगत लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई यसअघि प्रदान गरिएको बताइएकाे छ । स्वचालित स्यानिटाइजिङ्ग टनेलले (मान्छे) व्यक्तिलाई ५ सेकेन्डभित्र निर्मलिकरण गरिसक्ने बताइएकाे छ ।

हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ, नेकपा प्रदेश कमिटीका सदस्यहरु नवीन शर्मा, अकलबहादुर बम, नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष डिल्ली बराल, सचिव दत्तप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।