कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ…
प्रकासित मिति : २०७७ बैशाख ११, बिहीबार १०:१८
प्रकासित समय : १०:१८
सानो प्रयासले पनि ठुलो आकार लिन्छ ।
कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ ।
गुलाफ बोकेर पुगेँ दुश्मनको दैलोमा
दुश्मन भने हातमा नाङ्गो तलवार लिन्छ ।
साँचो खबर सुनेको छैन बर्षौ कानले
झुटो खबरले कति छिटो बजार लिन्छ ।
आमाको तिलहरी बेच्न हिडेको छोरो
हेरौ प्रेमीकालाई कस्तो?उपहार लिन्छ ।
म मान्छु तिमी मान्छौ जमाना बदलियो
तैपनि ईमानदारको स्थान कहाँ गद्दार लिन्छ ?
डोटी