आमा तपाँईको आशीर्वादकी भोकी म

आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रती श्रद्धाभक्ती सम्मान र आदर ,आशिर्वाद ग्रहण गरी मातातिर्थ औँसी मनाइदै छ। शारिरीक रुपमा आमा जिबितै भएकाहरु बिहानै उठी नुहाई धुवाई गरि आमालाई उपहार दिई मिष्ठान्न परिकार खुवाई आमाको मुख हेर्ने आशिर्वाद ग्रहण गर्ने गर्छन।

शारिरीक रुपमा आमा जिबित नभएकाहरु भने आमाको नाममा श्राद गर्दै आमाको सम्झना गर्ने गर्छन । तर यो मातातिर्थ औँसी भने मेरो जिबनको पहिलो भौतिक रुपमा आमाको उपस्थीति बिहीन छ ।

आमाको उपस्थीतिमा बिगत बर्षहरुमा यस पर्बको खासै महत्व लाग्दैन थियो। आजभन्दा आठ महिना अगाडी मैले आमालाइ भौतिक रुपमा सँधैका लागी गुमाएँ । धेरैले समाजजिक सञ्जालमा भए नभएका तस्बिरहरु पोस्टयाए पछि मन गह्रुँगो बनेको छ ।

आज आमाको मुख हेर्ने दिन फेरी मेरी आमाको स्मरण झन ताजकी बनेर आएको छ । आमाप्रतीको अगाध स्नेह र श्रद्धाको भाब जागृत भएको छ । खाटा बसिसकेको घाउ दुखेको अनुभुति भएको छ । यसोत आमाको याद बारम्बार नआएको हैन । हर दुख ह रसुखहरुमा आमाको यादको बिस्कुन लगाएर बसेकी हुन्छु ।

तर भौतिक रुपमा आमा मेरो अगाडी अब कहिलै हुनुहुने छैन त्यसैले यो आलेख मार्फत मेरी दिबङ्गत आमाप्रती अमुल्य स्नेह,श्रद्धा अनि सम्मान जाहेर गर्दछु।

आमा, आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द तर, यो शब्दको उच्चारण गर्ने बित्तिकै मेरो मन त्यसै भावुक हुन्छ । म जस्तै संसारमा आमा नभएकाहरुलाई त्यसै हुदो हो । मलाई मात्रै हैन आमाको याद सबैलाई त्यसरी नै आउछ होला । तर केहि महिना अगाडिको आमाको स्वर्गाबासले घडिले निक्कै मर्माहत बनाएको छ ।

घाउ जति आलो उति नै दुख्ने गरेर होला । मेरी आमा जो सहनशीलताको प्रतिक हुनुहुन्थ्यो, जस्तै दु ख कष्ट पनि खप्न सक्नु हुन्थ्यो र आफूलाई खरो रुपमा जस्तो सुकै अग्नि परिक्षामा उतार्न सक्नु हुन्थ्यो । हुन त सबैलाई आफ्ना आमाहरुकाहरुका हरेक कुरा अमुल्य नै लाग्ने गर्छन । मलाई लाग्छ मेरो नजरमा मेरी आमा सामान्य अरु नारी भन्दा फरक हुनु हुन्थ्यो । म अहिले पनि मेरी आमा जीवित हुँदा र आमासँग बिताएको सबै पलहरु सम्झन्छु । उहाँले गर्नु भएको दुस्ख र त्यो बेलामा सहनु भएका पीडाहरु अहिले पनि मेरो मनमा ताजै छ ।

दुखकी भंगालो मेरी आमा यी सबै कुराहरुको अहिले विश्लेषण गर्दा धेरै अर्थमा र धेरै कोणमा मेरी आमा अरु सामान्य नारी भन्दा फरक हुनुहुन्थ्यो । आामा तपाइका आज मेरो अगाडी नभएपनि तपाइको अमुल्य सम्झनाकै साहारामा म जिबित छु । बाच्ने र संघर्ष गर्ने शाहास बटुलेकी छु ।

अन्तिममा के चाहन्छु भने म अर्को जन्ममा पनि म मेरो आमा बाबाको नै छोरी भएर जन्म पाऊँ । अन्त्यमा मलाई जन्माउने मेरी आमाको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दछु।

फेरि पनि भाबपुर्ण स्नेह र श्रद्धा अर्पण गर्दछु। भौतिक रुपमा तपाइको मुख हेर्न नपाएपनी मेरो मुटुमा सजिएको तपाइको तस्बीर नियालिरहेकी छु मलाइ यसरी नै अमुल्य आशिर्वाद दिइरहनु हुनेछ। फेरि पनि मेरी आामाप्रती मिठो सम्झना।