जन्मदिनको अबसरमा टोल सुधार समिति गठन, ५ हजार सहयोग

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ४ राम्नाकोटका गाेगन कुमार बिश्वकर्माले आफनो जन्मदिनको अबसरमा कुमाल टोल सुधार समिति गठन गरि उक्त समितिलाइ ५ हजार नगद सहयाेग  गरेका छन । आफनो जन्मदिनको अबसर २६ बर्ष पुगेको अबसरमा बिश्वकर्माले टोल सुधार समिति गठनसंगै ५ हजार नगद सहयाेग गरेका हुन ।

२०५१ साल बैशाख १० गते जन्मेका गगनले सामाज सुधारका लागि काम गर्ने भन्दै सामाज सुधार समिति गठन गरेको बताएका छन । कर्णाली जस्तो जड सामाजमा दलित परिबारले भोग्नु पर्ने असय पिडा भोगेको भन्दै अबका दिनहरुमा आफुले दलितहरुको हितको लागि काम गर्ने बताए ।

उनले गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल वडा नं ४ का अध्यक्ष अनरुप रोकाया,इप्रका इन्चार्ज प्ष्पराज लगायतको टिमलाई साँची राखी समिति गठनसंगै साबुन समेत बितरण गरेका थिए । साथै बिश्वकर्माले काेराेनाकाे महामारीलाइ मध्यनजर गर्दैै टाेलमा पानीकाे ड्रम र हात धुने साबुन उपलब्ध समेत गरेका छन ।