मुडकेचुलामा प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा नहुदाँ काम कारबाहिमा समास्या

डोल्पा, डोल्पाको मुडकेचुला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा काम कारबाहीमा समास्या परेकोे बताइएको छ । घर बिदामा गएका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देबकोटा सम्पर्क बिहिन हुदा समास्या परेको  बताइएकाे हो ।

मुलुक कोरोना भाइरस (कोभिड १९) को महामारीका बिरूद्भ संघर्ष गरिरहेका बेला प्रशासकिय अधिकृत मदनप्रसाद देबकोटा घर गएर सम्पर्क बिहिन हुदा अप्ठयारो परेका गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले बताए ।

अध्यक्ष शाहीले भने कार्यालय प्रमुख देबकोटालाई यो बिषम परस्थीतिमा घर नजान आग्रह गरेका थियौँ तर उहाँले मान्नु भएन । यतिबेला फिल्डमा आईपर्ने समास्याहरुसंग जुध्न प्रमुख प्रशासकिय अधिकृतको आबश्यक्ता छ तर उहाँ सम्पर्क बाहिर हुनुहुन्छ ।

अध्यक्ष शाहीले गाउँपालिकाले अहिलेसम्मा ऋण गरेर काम चलाई रहेको बताए । आर्थिक कारोबार सबै ठप्प छ । राहतको काम बढाउन मुश्किल परेको छ  अध्यक्ष शाहीले बताए ।  औषधीदेखि क्वारेन्टाइन ब्यवस्थापनका कामहरु प्रभावित भएको अध्यक्ष शाहीको भनाई रहेको छ ।

अध्यक्ष शाहीले कार्यालय प्रमुखको ब्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसंग अनुरोध गरेपनि त्यसको सुनुवाई भैनसकेको गुनाशो गरे ।

अधिकृत देबकोटा आफु सरुवा भैसकेको भन्दै आउन आनाकानी गरेको बताइएको छ ।

तर सरकारले भने यो जटिल परिबेशमा सबै कर्मचारीहरुलाइ तत ठाउँमा रहेर काम गर्न निर्देशन दिइसकेको छ ।