२८ दिनमा ८५ करोडबढिको औषधि आयात

काठमाडौं, लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको हो ।

यस्तै यो समयमा २० करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ६९ हजार ९ सय ३३ मेट्रिक टन खाद्यान्न, २२ हजार १ सय २१ मेट्रिक टन दलहन, ३७ हजार ६ सय ७३ मेट्रिक टन फलफूल र १० हजार ९ सय ९६ मेट्रिक टन दुधजन्य पदार्थ आयात गरिएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।