र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो…
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार ०९:१७
प्रकासित समय : ०९:१७
पिडाहरुको तराजु बन्यो दु:खहरुको ढक बन्यो ।
र यसरी जिन्दगी अणु बम भन्दा भयानक बन्यो ।
हिजो अज्ञानी भनेर तिमीबाटै लखेटिएको मान्छे
आज तिम्रो जिन्दगी पढिदिने प्रीय पाठक बन्यो ।
म जन्मे देखि नै गनि रहेछु यो चन्द्रमाको उमेर
जो न कहिलै वृद्ध भयो न कहिलै बालक बन्यो ।
पहिलो पटक यो दिलमा बस्न आएको मान्छे
प्रेमी बनेन घुमफिर गरेर फर्कने पर्यटक बन्यो ।
नलगाड नगरपालिका- २, जाजरकोट ।