कृपया ! माया गरेर मेरो भलाई गर्नुपर्दैन…
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार ०९:१३
प्रकासित समय : ०९:१३
बुझिसकेँ अब त सम्झाइबुझाइ गर्नुपर्दैन ।
कृपया ! माया गरेर मेरो भलाइ गर्नुपर्दैन ।
प्रेमको बिरुवा रोप्ने भए यी आँखामा रोप
यहाँ रोपेपछि कहिल्यै सिंचाइ गर्नुपर्दैन ।
मान्छे मान्छे बीच फरक हुनेरहेछ भोक पनि
गरीबको बच्चालाई कोखाइकोखाइ गर्नुपर्दैन।
सिधै छातिमा टेक्नुको कारण के हो सोध्छौ
तिम्रो स्वच्छ हृदयमा सरसफाइ गर्नुपर्दैन ।
आँसु,दु:ख,दुस्मन, यस्तै-यस्तै केही चीजहरू
जिन्दगीमा स्वत: आइपुग्छन् कमाइ गर्नुपर्दैन ।
अछाम हाल काठमाडौं ।