राप्ती गाउँपालिकालाई नयाँ समाज कृषि सहकारीद्वारा तरकारी प्रदान
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार १३:४१
प्रकासित समय : १३:४१
भालुवाङ ,नयाँ समाज कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी प्रदान गरेको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप ४ सय ११ केजी बन्दा गोभी र ५ सय १ केजी सेमी गरि कुल १८ हजार ६० रूपैयाँ बराबरको ५ सय १६ केजी तरकारी गाउँपालिकाका सुचना अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकलाई संस्थाका अध्यक्ष हनुमान चाैधरीले हस्तान्तरण गरेका छन् ।
विषेश गरि वडा नम्बर ३ लाई वितरण गर्ने उदेश्यले सो तरकारी गाउँपालिकालाई जिम्मा लगाएको संस्थाले बताएको छ । सो तरकारी वडा नम्बर ३ मा राहत पाउने ४ सय ६२ घर परिवारलाई बाँडिने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।