आफ्ना दुस्मनलाई कसरी गर्ने हमला बुझियो…

फेरि बिपत्ति आयो एक अर्को कला बुझियो
आफ्ना दुस्मनलाई कसरी गर्ने हमला बुझियो ।

सधैं बिपत्तिले किन गरिबलाई मात्रै रुवाउछ?,
विभेदकारी रहेछ नियतिको शृङ्खला बुझियो ।

स्वयम् हिटलर सकिएको थियो फलस्वरूप,
आफ्नै लागि घातक हुन्छ बदला बुझियो ।

पक्कै धनी हुने खाने घरको हुनुपर्छ मुर्दा पनि,
पैसै पैसाको मालाले भरिएको छ गला बुझियो ।

लाग्थ्यो दुस्मनहरुले मात्रै यात्रामा अबरोध गर्छन,
आफ्नाहरु झन दोब्बर पार्ने रहेछ थला बुझियो ,।

आठविस नपा १ सात्तला दैलेख