भालुवाङको इन्द्रेणी युवा क्लब सामाजिक अभियानमा

पैदल यात्रीलाई सडकमै खाजा र पानीको व्यवस्था

भालुवाङ, दाङ—देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङ क्षेत्र भएर प्रवेश गर्ने पैदल यात्रीहरुलाई भालुवाङ पुलचोक बजारको सडकमै खाजा नास्ता खुवाउने सामाजिक अभियान सञ्चालन गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित भई भालुवाङ बजार हुँदै पैदल हिडेर घर फर्किने व्यक्तिहरुलाई जनही एक÷एक वटा चाउचाउ, बिस्कुट, चिउरा र एक बोतल पानी निशुल्क रुपमा उपलब्ध गराउँदै आएको क्लबका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिए ।  बैशाख ४ गते देखि शुरु गरिएको अभियानमा क्लबका सदस्यहरुले ब्यक्तिगत रुपमा पैसा उठाएर सहयोग गरिएकोमा अहिले विभिन्न सहयोगीदाताहरु थपिने क्रम बढिरहेको क्लबले जानकारी दिएको छ । 

क्लबले बैशाख ४ गते २ सय ६५ जना र बैशाख ५ गते २ सय ४० जनालाई खाजा खुवाईएको र अब अझै थप ब्यबस्थापन सहित सामाजिक अभियानलाई निरन्तरता दिने क्लबका अध्यक्ष मरासिनीले बताए । अहिले सम्मको खाजा ब्यबस्थापनका क्लबलाई लागि आङ दावा शेर्पा (भालुबाङ) बाट पाँच हजार, गायक तथा समाजसेवी बिक्रम राना (लालमटिया) बाट २५ सय र ७० जोडी चप्पल, मानबहादुर जिसी(भालुबाङ) एक हजार, डुलप्रसाद श्रेष्ठ(राजु) भालुबाङ ५ सय, भरत खड्का भालुबाङ हाल अमेरिकाबाट पाँच हजार, क्याप्टेन शरद मरासिनी भालुबाङ्ग हाल पाकिस्तानबाट पाँच हजार, शिशिर मरासिनी भालुबाङ हाल भजिनिया अमेरिकाबाट पाँच हजार एक सय र क्लबका अध्यक्ष भिमबहादुर मरासिनीबाट दुई हजार नगद रकम सहयोग भएको क्लबले जनाएको छ ।

त्यस्तै जिन्सी तर्फ महेन्द्र खनाल(भालुवाङ)बाट तीन बोरा चिउरा, ईलाका प्रहरी कार्यालय भालुबाङकी प्रहरी हवल्दार सीता बस्नेतबाट १० किलो चिउरा, इभरल्यान्ड होटेल भालुवाङबाट चाउचाउ, बिस्कुट गरी ५ पेटी तथा २० किलो चिउरा, कृष्णप्रसाद खनाल(भालुबाङ) बाट ४ पेटी चाउचाउ, खवाय होटेलका सञ्चालक रामबहादुर पुनबाट २ पेटी चाउचाउ, प्रदिप न्यौपाने(भालुबाङ) ८ पेटी मिनरल वाटर, रामबहादुर रोका(भालुबाङ) ४ पेटी मिनरल वाटर सहयोग गरिएको क्लबका अध्यक्ष मरासिनीले बताए ।

लोक गायक बिक्रम रानाले दिएको बच्चा र महिला पुरुषले लगाउन मिल्ने खालको एक सय जोर बराबरको चप्पल खाली खुट्टा हिडिरहेका विभिन्न पैदलयात्रीहरुलाई बाड्ने गरिएको छ ।  साथै क्लबले गाडीको ब्यबस्थापन गरेर पैदल यात्रीहरुलाई दाङको सिमानासम्म पु¥याउँदै आएकोमा जिल्ला प्रशासनले रोक लगाएपछि अहिले राप्ती गाउपालिकाको अन्तिम सिमाना सम्म पु¥याउने गरिएको र आशाका किरण सस्था भालुवाङका सदस्यहरु स्वयंसेवकका रुपमा क्लबलाई सघाउँदै आएको क्लबका अध्यक्ष मर्रासिनीले बताए ।