राप्ती उद्योग वाणिज्य संघद्वारा मौरीघाट बजार अनुगमन

अधिकाशं पसलमा मूल्य सुची नै छैन

भालुवाङ, दाङ—देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्यक्षेत्र भित्रका बजार अनुगमन कार्यलाई तीब्र बनाएको छ । लकडाउनको समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव र लकडाउनको सही रूपमा पालना गरिए÷नगरिएको एवम् सामाजिक दुरी कायम गरी उपभोक्ताहरूलाई सामाग्री बिक्री बितरण गरिए÷नगरिएको बिषयमा अनुगमन गर्न सुरु गरिएको छ ।

यसैक्रममा आईतवार बिहान देउखुरीको राप्ती गाउँपालिका—४ मौरीघाट बजार क्षेत्रमा अनुगमन गरिएको छ । संघको कार्यक्षेत्र अन्तर्गत वार्ड नम्बर ४ को मौरीघाट बजार क्षेत्र, श्रीनारायण चोक, खिनैटा, जनकपुर र पेट्रोल पम्प बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, मिल, मेडिकल, तरकारी तथा फलफूल पसल गरि दुई दर्जन बढी पसलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बजार बैष्णबी गल्ला पसल, जय माता दी किराना पसल, माया फलफूल तथा तरकारी पसल, लक्ष्मी फलफूल पसल, दाजुभाई किराना पसल, बस्नेत किराना पसल, प्रेमता हाइवेयर्स, पबित्रा राइस मिल र शाही किराना पसलमा अनुगमन गरिएको संघका कार्यसमिति सदस्य सन्तोषकुमार गुप्ताले जानकारी दिए ।

त्यसैगरी साझा मेडिकल हल, अर्चना उपचार क्लिनिक, शरद जनरल तथा किराना पसल, राजिप उपचार क्लिनिक, रत्ना स्वास्थ्य क्लिनिक, गोपाल मेडिकल हल, प्रकृति किराना पसल, न्यौपाने प्लाष्टिक भाडा, ग्याँस तथा किराना पसल, भूपू सैनिक किराना पसल र अमृत राइस मिलमा अनुगमन गरिएको संघका कार्यसमिति सदस्य गुप्ताले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मूल्य सुची नराखेको, केही व्यापारीले सामाजिक दुरी कायम नगरेको, केही पसल सञ्चालकले मास्क प्रयोग नगरेको, सावुनपानीले हात धुने व्यवस्था नमिलाएको, सञ्चालकले पसल वरिपरि डोरी घेरा नहालेको, अधिकांश पसलमा खाद्य सामाग्री प्रयाप्त नभएको भेटिएको छ ।

राप्ती उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा पत्रकार सन्तोषकुमार गुप्ताको अगुवाईमा गरिएको अनुगमनमा राप्ती गाउँपालिका—४ नम्बर वडाका वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, श्रीनारायण चोक मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेत, समितिका सचिव युद्धबहादुर भुसाल, कोषाध्यक्ष गोविन्दबहादुर केसी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरीक्षक सन्तबहादुर बस्नेत, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, सदस्य अर्जुन शाही, पत्रकार ओमप्रकाश गुप्ता, संघका कार्यालय सचिव हरिबहादुर कुमाल र श्रीनारायण चोक मौरीघाट बजार व्यवस्थापन समितिका सल्लाहकार प्रेमबहादुर केसी, सदस्य रामदास चौधरी, ब्यापारीहरु कमल केसी र सुशील पाण्डे लगायतको उपस्थिति रहेको थियो ।