खाद्य सामाग्रीको समास्या भए सिधा फोन गर्नुहोस: क्याम्पस प्रमुख पंगेनी

कोहलपुर, बाँके जिल्लाको कोहलपुरस्थित कोहलपुर मोडल कलेज- KMC का क्याम्पस प्रमुख संन्जिब बाबू पंगेनिले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै दैनिक उपभोगका सामाग्रीहरु(खाद्य सामाग्री) को अभाव भएमा आफुलाई सिधा फोन मार्फत सम्पर्क गर्न सकिने बताएका छन  ।

काेराेना भाइरसका कारण देश पुरै लकडाउन भैरहेका बेला  आफ्ना बिद्यार्थीहरूलाइ  समास्या नपाराेस भन्दै  आइतबार पंगेनीले आफ्नो आधिकारिक फेसबुक वालमा एउटा स्टाटस लेखेर सो कुरा बताएका हुन  ।

उनले भनेका छन ”कोहलपुर मोडल कलेजमा अध्यनरत विद्यार्थीहरुलाइ कुनै खाद्यवस्तु लगायत समस्या परेमा सिधा सम्पर्क गर्नुहोला ।”
फोन नम्बर: ९८५८०२७६९२ / ९८४१७६०८६२ क्याम्पस प्रमुख पंगेनिले यसभन्दा कोहलपुर नगरपालिका वार्ड नं ८ का अतिबिपन्ना परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराई सहयो गरेका छन ।

स्नातक तह अन्तर्गत ब्यबस्थापन संकायको बिबिएस(BBS) र बिआइएम(BIM) तथा स्नातकोत्तर तहमा एमबिएस(MBS) पढाइ हुने उक्त कलेजमा १५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन ।

१५ सय भन्दा बढी विद्यार्थी भएको उक्त कलेजमा अधिकांश विद्यार्थी देशका विभिन्न जिल्लाका गाउँबाट कोठा भाडामा बसेर पढिरहेका छन  ।