सिमाना छोडेर गएपछि नदि अर्कैको हो….

यो समय अर्कैको हो घडी अर्कैको हो ।
सिमाना छोडेर गएपछि नदि अर्कैको हो ।

सवार मात्र गर्छन् गर्नेहरु यो छाती भित्र 
सोच्दैनन् यो बाचेको जिन्दगी अर्कैको हो ।

तिमी सोचिरहन्छेउ दुनियाँ रङ्गिन छ भनेर 
बगैंचामा स्वभाव बढाउने पुतली अर्कैको हो ।

म देश सम्झेर मुर्छित हुन्छु र आमा सम्झिन्छु 
थाह छ मैले टेक्ने ठाउको धरती अर्कैको हो ।

सरकार अवसर चाहिन्छ बिकटका चुल्हो हरुमा 
सिमानामा निगरानी राख पारी पट्टि अर्कैको हो ।

कुशे गाउँपालिका ४ जाजरकोट हाल नेपालगन्ज बाँके ।