वागेश्वरी क्याम्पसले सुरू गर्याे “अनलाइन कक्षा”

बाँकेकाे , काेहलपुरमा रहेकाे वागेश्वरी बहुमुखी क्याम्पसले अनलाइन कक्षाको सुरुवात गरेको छ । कोरोना भाइरसले गर्दा देश अहिले लकडाउनको अवस्थामा छ । लकडाउन भएसँगै विद्यार्थीहरुको पठनपाठन पनि ठप्प भएपछि क्याम्पसले अनलाईन विधिबाटै पढाउन सुरू गरेकाे हाे ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे निति, शिक्षा शास्त्र संकायकाे निर्णय र क्याम्पसको कार्यक्रम अनुसार परिक्षणका रुपमा बिगत २ हप्ता देखि स्नातकोत्तर तहमा क्याम्पसकै समय तालिका अनुसार अनलाइन कक्षा सन्चालन गरिएको क्याम्पसका अग्रेजी शिक्षा बिषयका प्राध्यापक प्रमोद सुबेदी बताउँछन ।

उनले लकडाउनको बेला भएपनि सिकाइलाई लकडाउनमा राख्न नहुने धारणा राख्दै, विद्यार्थीहरु कोरोनाको डरले अनावश्यक कुरा सोचेर त्रासमय वातावरणमा रुमलिने समयमा, पहिले पढेलेखेका कुरा पुनरावृत्ति गर्दै, खेर गइरहेकाे समयलाई थप सिकाईमा सदुपयोग गर्नका लागी अनलाइन कक्षा सन्चालन गर्न जरुरी रहेको बताए ।

सुवेदिले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई लक्षित गरी आफुले अध्यापन गराउने अङ्ग्रेजी बिषयका २ वटा कक्षाहरु सञ्चालनमा ल्याएका छन् । स्नातकोत्तर तहमा अध्ययन गर्ने अधिकाशं बिद्यार्थी बिद्यालय तहमा शिक्षण गर्ने भएकोले यसकाे सकारात्मक प्रभाव बिद्यालय तहकाे शिक्षण सिकाइमा समेत पर्न सक्ने भएकोले स्नातकोत्तर तहबाट अनलाइन कक्षाकाे थालनी गरेकाे सुवेदिकाे भनाई छ ।

स्नातकोत्तर वाहेक अन्य तह, संकाय र बिषयहरुको अनलाइन कक्षा पुर्णरुपमा अझै सन्चालन नभएपनी, गुगल क्लासरुम, फेसवुक ग्रुप मेसेन्जर जस्ता माध्यमबाट आफुले अध्ययन सामाग्री र शैक्षिक परामर्श प्रदान गर्दै आइरहेकाे सुवेदिले बताए । गत शुक्रबार मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय, शिक्षा शास्त्र संकायका सहायक डिन बिष्णु कुमार खड्काले अनलाइन कक्षाकाे अनुगमन गरि नमुना कक्षाहरु प्रभावकारी पाएकाले, अब क्याम्पसले अन्य तह संकाय र बिषयहरुमा समेत अनलाइन कक्षा बिस्तार गर्ने कुरामा आफू आशावादि भएकाे सुवेदिले बताए ।

यसैगरी बागेश्वरी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अब छिट्टै स्नातकोत्तर तहका विद्यार्थीहरुका लागी अन्य कक्षाहरु पनि सन्चालनमा ल्याउने बताएका छन् ।