भारतमा कोरोनाबाट ५२१ को मृत्यु, १५ हजार ७२२ संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।