रौतहटमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

रौतहट , शौच गर्न निस्कीएकी एक बालिका बलात्कारको शिकार भएकी छन्। रौतहटको फतुवा बिजयपुर नगरपालिका–५ मा एकजना ५५ बर्षीय पुुरुषले १० वर्षीया बालिका बलात्कार गरेको रौतहट प्रहरीले जनाएको छ। ५५ वर्षीय वारीस अन्सारीले सुुस्त मनस्थितीकी एकजना १० वर्षीया बालिकालाई शौच गर्न निस्केको मौका पारी बलात्कार गरेका हुन।

बिहिवार राति पिसाब फेर्न बाहिर निस्केका अन्सारीले बालिकालाई ललाई फकाई आफुु सुत्ने गोठमा लगेर करणी गरीरहेकै अवस्थामा बालिकालाई खाेज्दैगएकी पिडीतकी आमाले रंगैहात पक्राउ गरेकी थिईन्। तर पीडितकी आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए।

लगतै पिडीतकी आमाले गरेको खबरको आधारमा इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गरेको थियो। घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एकघरमा लुकेर बसेको अवस्थामा बिहान ३ बजे बलात्कारका आरोपी अन्सारीलाई पक्राउ गरेको प्रहरी निरीक्षक साहले जानकारी दिएका  थिए।

पिडीत बालिका र पिडकको शुक्रबार जिल्ला अस्पताल गौरमा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबरदस्ती करणीे मुद्धा दर्तागरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाएर अनुुसंधान तथा कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक साहले जानकारी दिए।