बाँकेमा लकडाउन कडाई, बेलुका ४ बजेदेखी सबै बन्द

नेपालगन्ज, बाँकेमा लकडाउनलाई थप कडा बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन अवधिमा औषधि पसल बाहेकका कुनै पनि पसल तथा ब्यवसाय संचालनमा रोक लगाएको हाे ।

आइतबार एक सुचना जारी गर्दै प्रशासन कार्यालय बाँकेले सोमबारदेखी अनिश्चितकासम्मका लागि बेलुका ४ बजेपछि कुनै पनि पसल संचालन गर्न नपाईने जनाएको छ ।

यद्यपी बेलुका ४ बजेभन्दा अगाडी पसल खोल्न पाउने/नपाउने विषयमा भने प्रष्ट पारीएको छैन । प्रशासन कार्यालय बाँकेले लकडाउन उलङ्घन गरेको पाईए कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।