कोरोनाले इटालीमा २३ हजार २२७ को मृत्यु ,संक्रमित १ लाख ७५ हजार ९२५

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भीर रहेको छ । इटाली कोरोना भाइरसले युरोपमा सबैभन्दा बढी प्रभावित भएको मुलुक हो ।