पचालझरनामा कोरोना रोकथामका लागि नेकपाले स्पेशल टास्क फोर्स गठन गर्ने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा नेकपाले कोरोना महामारी रोकथामका लागि युवा परिचालन गर्ने भएको छ । लकडाउन अबधीभर पालिकाका आफना नेता तथा कार्यकर्ताहरुको स्पेशल फाेर्स गठन गरि परिचालन गर्ने भएको हो ।

नेकपाका जिल्ला सचिब नगेन्द्र शाही र पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको बिशेष उपस्थीतिमा शनिबार गाउँपालिका पार्टी कमिटिको बैठक बसी युवा परिचालन गर्ने निर्णय भएको नेकपा पचालझरनाका संयोजक पौरख बिश्वकर्माले जानकारी दिए ।

बिश्वकर्माका अनुसार बैठकले गाउँपालिकामा लकडाउन उलंघन गर्ने,कालोबजारी गर्ने जुवातास खेल्नेहरुलाई निग्रानी गरी कारबाहीको दायरामा उभ्याउने बताइएको छ ।

त्यस्तै, नेकपाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनलाई सहज बनाउन लकडाउन अबधीमा समास्या परेको स्थानमा युवा फोर्स परिचालन गरि समास्याको सामाधन गर्ने समेत बताइएको छ ।