भारतमा ज्यान गुमाउनेको संख्या ४८६ पुग्यो ,संक्रमितको संख्या १४ हजार ३५२

काठमाडौं,भारतमा  कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै

अहिलेसम्म २ हजार ४१ जनाले उपचार गराएर घर फर्किएका छन् भने ११ हजार ८२५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।