भारतमा कोरोनाका कारण ४ सय ५२ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको बीबीसीले जनाएकाे छ । कोरोनाका कारण विशवभर ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ ।