बाँकेका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना
प्रकासित मिति : २०७७ बैशाख ५, शुक्रबार १०:१७
प्रकासित समय : १०:१७
नेपालगन्ज,बाँके कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । राजमार्गमा हुने अनावश्यक सवारी आवतजावतलाई कडाईका गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा र नेपाली सेना, , स्थानिय तहको समन्वयमा हेल्प डस्क स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुसुम बजार, मान खोला नजिक, सम्झना चोक, कोहलपु चौराह र धम्बोझि चोकमा हेल्प डेस्क रहेको बताइएको छ ।
विश्वमा महामारिका रुपमा फैलिरहेका कोरोना भाइरसबाट हुन सक्ने सम्भावित संक्रमणको रोकथाम र नियन्त्रण गर्न राजमार्गमा हेल्प डेस्क स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।