ठिकै भन्यौं सबै ताल्चामा एउटै चाबी लाग्दैन…
प्रकासित मिति : २०७७ बैशाख ५, शुक्रबार ०८:५७
प्रकासित समय : ०८:५७
तेरो केही हक लाग्दैन तेरो केही दाबी लाग्दैन !
ठिकै भन्यौं सबै ताल्चामा एउटै चाबी लाग्दैन ।
हामी जो काटिए पनि रगत रातो आउँछ भैया ।
रत मलाई म गोर्खाली तिमी पन्जाबी लाग्दैन !
कहिले पिठ्युँमा टेक्छौ कहिले शिरमा टेक्छौ ।
तिमीले यो छातीमै टेके पनि जथाभावी लाग्दैन !
रात भट्टीमै पर्छ उज्यालो घर नपुग्दै हुन्छ ।
तैपनि आफूलाई दिवाना लाग्छ सराबी लाग्दैन !
हिरो गैरी खेत मिच्यो आज घरमा ढुङ्गा हान्यो ।
बा हजुरलाइ हामी माथि छिमेकी हावी लाग्दैन ?
सल्यान, हाल साउथ अफ्रिका