जन्मदिनको अबसरमा बुढाले गरिन बिपन्न परिवारलाई राहात बितरण

कालिकोट, कालिकोट पलाँता गाउँपालिका युबा संन्जाल अध्यक्ष जलशा बुढाले आफ्नो जन्मदिनको अबसरमा बिपन्न परिबारलाई राहत बितरण गरेकी छन । अध्यक्ष बुढाले पलाँता गाउँपालीका वडा १, २ र ३ का जम्मा ७० वटा बिपन्न घर परिवारलाई राहात बितरण गरेकी हुन ।

करिब ७० बिपन्न घरपरिवारलाई १५ केजि चामल २ प्याकेट नुन र १ प्याकेट तेल बितरण गरेकी हुन । बुधबार एक कार्यक्रमको आयोजना गरि  उनले १ लाख बराबरकाे सामाग्री सहित राहत बितरण गरि आफ्नो जन्म दिन मनाएकी छन ।

पलाँता युबा संन्जालकी अध्यक्ष समेत रहेकि बुढाले सामाजिक क्षेत्रमा आफ्नो सेवा गर्ने र समाजमा महिलामाथि गरिने बिभेदको अन्त्य गर्दै महिला पनि समाजको जिम्मेबार नागरिकको पहिचान भयको बताइन ।

उनले एक लाख बराबरको राहात सामान बितरण गरेर बिपनन् परिवार लाई सहयोग गरेकि छन । परिवार का वडा न २ कि ६५ बर्षिय हिउँसिला बमले छोरि भयर यस्तो काम गरेकोमा धन्यबादब्यक्त गरिन ।