नेपालमा कोरोना संक्रमणको ‘रेड जोन’ मा २ सय ५१ जना

काठमाडौँ । नेपालमा कोरोनाभइरसको ‘रेड जोन’ मा २ सय ५१ जना पुगेका छन् । नियमित पत्रकार सम्मेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले रेड जोनमा पर्नेको संख्याबारे जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा दुईजना रेड जोनमा परेका छन् । रेड जोनमा भएकाहरुलाई सम्भावित कोरोनाभाइरसको संक्रमण हुने भएकोले ट्रेसिङ गर्ने काम भइरहेका देवकोटाले जानकारी दिए ।

त्यसैगरी पिसीआर विधिबाट ७ हजार ६ सय ८८ जनाको परीक्षण भएको र र्यापिड टेष्टबाट १६ हजार ५ सय ६५ जनाको परीक्षण भएको छ । अहिलेसम्म २४ हजार २ सय ५३ जनालाई परीक्षण भएको जानकारी देवकोटाले दिए । र्यापिड टेष्ट सोलुखुम्बु र डोल्पा बाहेक सबै जिल्लाहरुमा सुरु भइसकेको छ ।

त्यसैगरी ९० जना आईसोलेसनमा रहेका छन् ।