एकै परिवारका चार जना माटोको ढिस्कोले पुरिए

काभ्रे ,काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ ।

खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला  गाउँपालिकाको वडा नं ४ को पत्थरचोकमा घरमा पोत्ने माटो लिन गएका एकै परिवारका चार जनालाई माटोको ढिस्कोले पुरेको हो ।

स्थानीय धनबहादुर गोलेका छोरीहरु एरिना गोले, सरिना गोले, सनिसा गोले र अनिसा गोलेलाई माटोको ढिस्कोले पुरेको थियो ।घाइतेको तालढुंगा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माटोले पुरिएका दिदीबहिनीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए । गम्भिर घाइते भएका चारै जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याउने तयारी भैरहेको प्रवक्ता गोलेले जानकारी दिए ।