जिन्दगी जुवा खालकाे पत्ता भाे…
प्रकासित मिति : २०७७ बैशाख ४, बिहीबार ०८:३७
प्रकासित समय : ०८:३७
कहिले गुलाम भाे कहिले बास्सा भाे
जिन्दगी जुवा खालकाे पत्ता भाे ।
टाउको गाडेर पनि उम्रिन्छ उखु
जरा उखेल्नेहरुले उखल्दा भाे ।
फरक बसका झ्याल थियौं हामी
जाम खुल्याे, छुट्टिने पक्का भाे ।
भरी नहुन्जेल खाली थ्याे बाेरा
अनाज राख्नु भाे,मुख बाँध्दा भाे ।