ह्रदयकाे घाउ बल्झियाे फेरि खाटाे बसेकाे….
प्रकासित मिति : २०७७ बैशाख ४, बिहीबार ०८:३३
प्रकासित समय : ०८:३३
ह्रदयकाे घाउ बल्झियाे फेरि खाटाे बसेकाे
सुहाएन विधुवा पहिरनमा पुतली राताे बसेकाे ।
जिन्दगीमा कमाउने इष्ट र इज्जत रैछ जस्ताे लाग्याे
मलामी भिड देखेर चितामा दाउरा फाल्न पालाे बसेकाे ।
ठुलाे भए सहर पसे भन्दैमा बालाइ भुलेछस् भाइ
बाले भुल्नु भाछैन तलाइ डाक्टर बनाउदा गाेटालाे बसेकाे ।
तिमी लाई पाे सफा सुगर ताजा खाना चाहिन्छ
टुहुराकाे भाेक मेटिए हुन्छ भएपनि माखाे बसेकाे ।
सुर्खेत,