खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित

घरबाहिर निस्किए जेल

काठमाडौं- खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ भने ४ जना उपचारपछि कार्यस्थलमा फर्किएका छन् ।

हालसम्म बहराइनमा कोरोनाबाट १ हजार ६ सय ७१ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यस्तै कुवेतमा १ हजार ४ सय ५ जना संक्रमित हुँदा ३ जनाको मृत्यु भएको छ ।

साउदी अरबमा कोरोनाबाट ५ हजार ८ सय ६२ जना संक्रमित भएका छन् भने ७९ जनाको मृत्यु भएको छ । त्यस्तै युएइमा ५ हनार ३ सय ६८ जना संक्रमित भेटिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकहरुमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले सुरक्षा व्यस्था अत्यन्त कडा पारेको छ । कतिपय देशमा घरबाहिर निस्किन पूर्ण रोक लगाइएको छ भने यो नियम उल्लघन गर्नेलाई ठूलो आर्थिक जरिवानाका साथै जेल सजायसम्मको कानुन बनाएको दुतावासहरुले बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट हालसम्म २ लाख ८३ हजार भन्दा बढि संक्रमित भएका छन् भने १ लाख ३४ हजार ६ भन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८४ हजार ५ सय १५ कोरोना संक्रमित थपिएका छन् भने ७ हजार ९ सय ६० जनाको मृत्यु भएको छ ।